क्यान्सरबाट जोगिने अत्यन्तै जरुरि ८ उपाय,,,,

. . No comments:
Advertisement

क्यान्सर एक यस्तो रोग हो जुन शरिरको कुनै भागमा रहेको असामान्य कोषको अनियन्त्रित विभाजनले उत्पन्न हुन्छ।

यो रोगको डर सबैलाई हुन्छ। सकेसम्म बच्न खोजे पनि यो रोग जीवनशैलीकै कारकहरू, जस्तै धुम्रपान, मध्यपान, मोटोपनाले लाग्ने हो भनेर नयाँ तथ्यांकहरुले देखाएको छ। यो रोग शरिरको विभिन्न भागमा अलग रुपले लाग्न सक्छ र सर्वाधिक क्यान्सर हुने भागहरू कलेजो, मुख, गर्भ, मृगौला र छाला रहेका छन्।

क्यान्सर डरलाग्दो भएपनि यसलाई रोक्न सकिन्छ। विशेषज्ञहरुको अनुसार स्वस्थ खाना खाएर, शरिरको सहि तौल कायम र नियमित रुपमा व्यायाम गरे रोकथाम गर्न सकिन्छ। तर कसरी सुरु गर्न सकिन्छ त क्यान्सरको रोकथाम?

क्यान्सरको रोकथाम गर्ने ८ वटा बुँदाहरु तल प्रस्तुत छन्। बुँदामा लेखिएको उपाय सजिलो अथवा गाह्रो भएपनि यि बुँदाहरु सहि रुपमा पालना गरे क्यान्सर लाग्ने सम्भावना निकै कम गर्न सकिन्छ।

१. मध्यपान नगर्नुहोस, गरे कम मात्रामा गर्नुहोस

‘ब्याक्टेरियम हेलीकोब्याटर पिलोरी’ जसले अल्सर र पेटको क्यान्सरको लागि मुख्य भुमिका खेल्छ, बियरले यो विरुद्ध काम गर्छ। बियरको नियन्त्रित सेवनले स्वास्थ्यलाई फाइदा पुर्याउने अनुसन्धानले बताउँछ।

तर रक्सीको दैनिक सेवनले भने मुख, घाँटी, कलेजो आदीको क्यान्सरको सम्भावना बढाउँछ। महिलाको हकमा भने रक्सी अझै खतरनाक हुन्छ। दैनिक थौरै रक्सी सेवनले पनि स्तन क्यान्सरको सम्भावना १० प्रतिशतले बढाउँछ।

२. हरेक २ घण्टामा हिँड्ने गर्नुहोस
हालैमा वैज्ञानिकहरुले क्यानसरबाट बच्न सकेसम्म धेरै हिँड्डुल गर्ने सल्लाह दिएका छन्। २ घण्टा भन्दा अत्याधिक नचलि बस्नले गर्भ र फोक्सोको क्यान्सरको सम्भावना १० प्रतिशतले बढ्ने भनिएको छ। दिनहुँ नियमित रुपमा व्यायाम गरे पनि २ घण्टा भन्दा बढि स्थिर रहे क्यान्सर लाग्न सक्ने सम्भावना उतिनै रहेको बताइएको छ।

३. मासु खान अगाडि मसलाले मजाले मोल्ने गर्नुहोस
मासुलाई उच्च तापक्रममा पोल्दा अथवा भुट्दा यसमा बिभिन्न क्यान्सर उत्पन्न गर्ने सक्ने रासायनिक पदार्थहरु उत्पादन हुने गर्दछन्। तर ‘अमेरिका क्यान्सर अनुसन्धान केन्द्र’मा गरेको खोज अनुसार मोलिएको मासुमा मसलाले आगोबाट मासुलाई सिधा असर हुन नदिई रासायनिक पदार्थहरुको उत्पादनको मात्रा कम गर्छ।

४. फलफुलहरुलाई सकेसम्म फ्रिजमा नराख्नुहोस
अनुसन्धान अनुसार चिसो फलफुलहरुमा क्यान्सर रोक्ने पोषक तत्त्वहरु कम हुन्छन्। कोठाको तापमानमा राखिएको फलफुलहरुभन्दा फ्रिजमा राखिएको फलफुलले क्यान्सर रोक्न कम मद्दत गर्छ।

५. सब्जीहरुलाई माइक्रोवेभ ओभनमा नपकाउनुहोस
अनुसन्धान अनुसार सब्जीहरुलाई माइक्रोवेभमा पकाएर खाँदा यिनीहरुमा पाइने ‘भिटामिन सी’को मात्रा भने कम हुँदैन। तर स्पेनमा हालैमा भएको एक अनुसन्धानले माइक्रोवेभमा पकाएको ब्रोकाउलीमा ९७ प्रतिशत जति क्यान्सर रोक्ने पोषक तत्त्वहरु नाश भएको भेटिएको छ। माइक्रोवेबको साटो सब्जिहरुलाई बफाएर खाँदा राम्रो हुन्छ।

६. बास्ना आउने घरायसी बस्तुहरुको प्रयोग नगर्नुहोस
सुन्दा अचम्म लाग्न सक्छ तर घरभित्रको हावा बाहिरको भन्दा बढि दूषित हुन सक्छ। हालसम्मकै सबैभन्दा दूषित ग्याँस सुर्तीको धुँलोले फैलाउने भएपनि घरमा प्रयोग हुने बास्नादार बस्तुहरु जस्तै बास्नादार मैनबत्ती र कोठा मगमगाउने फ्रेशनरहरुमा क्यानसर उत्पन्न हुन सक्ने ग्याँसहरु प्रयोग भएको हुन्छ। तर कोठाहरुमा हावा फेरिने गरि झ्यालहरु खुल्ला राखेर यसको असर कम गर्न सकिन्छ।

७. नुन कम मात्रामा लिनुहोस
बेलायतमा १४ प्रतिशत पेटको क्यान्सर नुनको कारणले देखापरेको छ। हामीले लिने नुनको दिनहुँ मात्रा ६ ग्राम भन्दा बेसि हुनुहुन्न। ६ ग्राम नुनमा २.४ ग्राम सोडियम हुन्छ। त्यसैले कुनै खाद्य उत्पादनको खरिद गर्दा सोडियमको मात्रा हेरेर किन्ने गरौँ।

८. सुत्दा पुरै अँध्यारोमा सुत्ने गर्नुहोस
अनुसन्धान अनुसार बल्ब र ट्युबलाइट अथवा बनावटी प्रकाशको उज्यालोले शरिरमा क्यान्सर उत्पन्न हुन सक्ने सम्भावना बढेको देखाउछ। विशेषज्ञहरुको अनुसार यसले शरिरमा तनावको हर्मोन बढाएर शरिरको प्रतिरक्षा प्रणालीको शक्तिलाई कम गर्ने देखिन्छ। पुरै अँध्यारोमा सुत्दा शरिरमा निन्द्राको हर्मोनको मात्रा कायम हुन्छ जसले क्यान्सर रोकथाम गर्न मद्दत गर्छ।
Advertisement

No comments:

Post a Comment

Find us on Facebook

Exchange Rate