तपाइलाई कस्ले फेसबुक बाट डिलेट गर्यो अब यसरी थाहा पाउनुहोस् .,,,

. . No comments:
Advertisement

फेसबुकमा आफुलाई मन नपर्ने वा आपत्तिजनक सामाग्रीहरु ट्याग गरिदिएर हैरान पार्ने फेसबुके साथीलाई तत्कालै अनफ्रेण्ड गर्न सकिने सुविधा फेसबुकले दिएको छ । यसरी कसैलाई अनफ्रेण्ड गरेको कुरा आफुलाई मात्र थाहा हुने भएकाले त्यसमा गोप्यता रहन्छ र अनफ्रेण्ड हुने साथीले त्यसको सुइँको पाउँदैन । तर अब भने आफुलाई कसले अनफ्रेण्ड गर्यो भन्ने कुरा थाहा पाइने भएको छ ।
एउटा यस्तो एप आएको छ जसले फेसबुक प्रयोगकर्तालाई कस कसले अनफ्रेण्ड गर्यो भन्ने विषयमा पूरै जानकारी उपलब्ध गराउँदछ ।
हु डिलिटेड मी अन फेसबुक नामको उक्त एपले फेसबुकमा प्रयोगकर्ताका साथीहरुको सूचिलाई ध्यानमा राख्छ र अनफ्रेण्ड हुँदाबित्तिकै त्यसको जानकारी उपलब्ध गराउँछ ।
यो एप एन्थोनी कुस्के नामक एप डेभलपरले फेसबुकका लागि बनाएका हुन् । फेसबुकको यो एप टि्वटरको ‘हु अनफलोड मी’ नामक एप जस्तै हो । यो एपले फेसबुक प्रयोगकर्ताको मौजुदा फ्रेण्ड लिस्टबाट कोही हरायो भने उसले अनफ्रेण्ड गरे नगरेको जानकारी उपलब्ध गराउँछ । त्यसका साथै यो एपले कुन साथीको फेसबुक अकाउण्ड निस्क्रिय छ, कुन साथी अनलाइनमा छ भन्ने देखाउनुका साथै फोन नम्बरमा समेत निगरानी राख्दछ ।
यो एपको साइज ३.२ एमबी छ । यो एपलाई एन्ड्रोइड तथा आइओएस ग्याजेटमा निशुल्क डाउनलोड गर्न सकिन्छ । साथै क्रोम ब्राउजरको निशुल्क ब्राउजर एक्स्टेन्सन समेत उपलब्ध रहेको बताइउको छ ।
यो एपलाई आफ्नो डिभाइसमा इन्स्टल गरिसकेपछि प्रयोगकर्ताले आफ्नो फेसबुक अकाउण्ट सँग त्यसलाई कनेक्ट गर्नुपर्छ ।  यी अप्सनहरु क्लिक गर्दा तपाइँले नयाँ साथीको सूचि, तपाइँलाई अनफ्रेण्ड गरेको साथीको सूचि, तपाइँले अनफ्रेण्ड गरेको साथीको सूचि, फेसबुक अकाउण्ट निस्त्रिmय रहेका साथीको सूचि तथा अनलाइनमै रहेको साथीको सूचि क्रमशः प्राप्त गर्न सक्नुहुन्छ ।
डाउनलोड गर्नको लागि प्ले स्टोर मा गएर who deleted me on facebook टाइप गरि सर्च गर्नुहोस अनि डाउनलोड गर्नुहोस ,,,

Advertisement

No comments:

Post a Comment

Find us on Facebook

Exchange Rate