तपाइँको स्मार्टफोन नक्कली त होइन ?पर्नुहोलानि फन्दामा ,,

. . No comments:
Advertisement

 एजेन्सी ।

यदि तपाइँ नेपालमा वा भारतमा स्मार्ट फोन किन्दै हुनुहुन्छ भने एक पटक विचार गर्नुस् । तपाइँको स्मार्टफोन नक्कली पनि हुन सक्छ ।

भारतीय प्रहरीले बजारमा नक्कली आइफोन लगायतका स्मार्टफोनहरु पठाउने गरिएको पत्ता लगाएपछि नेपालमा पनि यस्तो भैरहेको आशंका गरिएको छ ।



भारतीय प्रहरीले दिल्लीको एक चर्चित फोन आयात गर्ने कम्पनीको शो रुममा नक्कली पार्टपुर्जा जोडेर बनाइएका आइफोन र अन्य स्मार्टफोन फेला पारेपछि नेपाली बजारमा पनि यस्ता फोन छ्याप् छ्याप्ती रहेको अनुमान गरिएको छ ।


भारतीय क्राइम ब्रान्चले छापा मार्दा बजारमा नक्कली आइफोन मात्र नभएर अन्य चर्चित ब्राण्डका स्मार्ट फोन पनि नक्कली पार्टपुर्जा राखेर एसेम्बल हुने गरेको फेला पारेको हो । छापा मारिएको कम्पनी संसारका चर्चित चर्चित फोन ब्राण्ड खरिद गरेर भारत सहित नेपाल सम्म आपुर्ति गर्ने Akasaki हो ।
भारतीय प्रहरीले २८ वटा आइफोन 5 र ६ वटा आइफोन 6 जफत गरेको छ । त्यसैगरी विभिन्न फोनमा प्रयोग हुने एसेसरीज पनि बरामद गरिएको भारतीय प्रहरीले जनाएको छ ।
Advertisement

No comments:

Post a Comment

Find us on Facebook

Exchange Rate