इन्टरनेट बाट पैसा कमाउन चाहनेहरुको लागि आयो फेसट्युब,,,,

. . No comments:
Advertisement

सामान्य अवस्थामा मान्छेहरु छोटो म्युजिक सिनेमा हेर्न युट्युबमा जानेगर्छन्। छोटा सिनेमा र म्युजिक भिडियोका लागि मात्र युट्युबको लतमा पर्नेहरू पनि छन्। अब फेसबुक म्युजिक भिडियोको हिस्सा युट्युबबाट खोस्ने तर्खर गर्दैछ। फेसबुकमा भिडियोले पाएको लोकप्रियतासँगै उसले यसलाई छुट्टै म्युजिक भिडियो सेयरिङ प्लेटफर्मको रुपमा विकास गर्न लागेको हो।
केही वर्ष अघिसम्म फेसबुकको न्युज फिडमा युट्युब क्लिप देखिनु सामान्य कुरा थियो। अब स्थिति बदलिएको छ। १८ महिना यता तपाइँले फेसबुकमा युट्युबको फिड आउन छोडेको छ। फेसबुक फिडमा ओरिजिनली फेसबुकमै अपलोड गरिएका भिडियोहरु मात्र तपाइँको टाइमलाइनमा आइरहेका छन्। प्रयोगकर्ताले अपलोड गरेका यस्ता भिडियोको सेयरिङ तथा लाइकलाई फेसबुकले नजिकबाट अध्ययन गरिरहेको छ। र विश्वको सबैभन्दा ठूलो सामाजिक सञ्जाल कम्पनी म्युजिक भिडियो केन्द्रित नयाँ भिडियो सेयरिङ गर्ने प्लेटफर्म विकासमा केन्द्रित भइरहेको छ।

फेसबुकले यसको व्यापारिक पक्षलाई बलियो बनाउने उद्देश्यले केही समयअघि भिडियो एडभर्टाजिङ प्लेटफर्म 'लाइभरेल'लाई किनिसकेको छ। अहिले सामाजिक सञ्जाल बादशाह मुख्य संगीत कम्पनीहरुसँग लाइसेन्स पाउन व्यापारिक छलफलमा छ।

युट्युबभन्दा बढी पैसा
फेसट्युब तथा फेसबुकएमटिभी उपमा दिइएको फेसबुकको म्युजिक भिडियोले कसरी काम गर्नेछ भनेर अहिले विभिन्न अडकलबाजीहरू भइरहेका छन्। जानकारहरूका अनुसार फेसबुक टाइमलाइनमा संगीत कम्पनीले छनौट गरेको पोस्ट देख्न सक्ने बनाइनेछ।साथी र परिवार सदस्यको प्रोफाइलमा जाँदा पनि यस्ता भिडियोहरू देखिनेछन्। त्यसपछि फेसबुकले तिनको अडियन्स मनिटर गरी त्यसबाट प्राप्त हुने आम्दानीलाई संगीत कम्पनीसँग सेयर गर्ने नीति फेसबुकले बनाएको छ। फेसबुकले भिडियो उत्पादक संगीत कम्पनीहरुलाई युट्युबले भन्दा बढी पैसा प्रस्ताव गर्ने जनाइएको छ।,,
Advertisement

No comments:

Post a Comment

Find us on Facebook

Exchange Rate