भूकम्प पीडितलाई श्रद्धाञ्जलीसहित गुगलको डुडलमा गणतन्त्र दिवस

. . No comments:
Advertisement

भूकम्प पीडितलाई श्रद्धाञ्जलीसहित गुगलको डुडलमा गणतन्त्र दिवस
काठमाडौं- इन्टरनेट सर्च इन्जिन गुगलले आफ्नो 'डुडल'मार्फत् शुक्रबार नेपालको गणतन्त्र दिवसलाई शुभकामना दिएको छ। उसले वैशाख १२ गतेको महाभूकम्पलाई स्मरण गर्दै श्रद्धाञ्जलीसहित गणतन्त्र दिवसको शुभकामना दिएको हो। गुगलको डुडलमा स्वयम्भूस्थित बौद्ध स्तुपा र पशुपति मन्दिरमा दीप प्रज्वलन गरेको आकृति बनाएको छ।
गुगलले गुगल डटकम र गुगल डटकम डटएनपीदुबैमा डुडलमार्फत् गणतन्त्र दिवसको शुभकामना दिएको हो। ठूलो क्रान्ति र लडाइँपछि नेपाली जनताले गणतन्त्र पाएको उल्लेख गर्दै गुगलले बलिया र जस्तोसुकै चुनौतीको सामना गर्नसक्ने नेपाली जनताप्रति आभार प्रकट गरेको छ।

शान्तिको प्रतीकका रुपमा चिनिने यो देशमा हालै गएको बिनाशकारी भूकम्पले क्षति पुर्‍याएको उल्लेख गर्दै गुगलले नेपाली जनता पुनः तङ्ग्रिरहेको बताएको छ। उसले नेपाली जनताहरु प्रेरणाका धनी भएको बताउँदै डुडलमार्फत् सम्झिन चाहेको उल्लेख गरेको छ।

भूकम्पले नेपाली संरचनाहरु ध्वस्त भएकोमा गुगलले पुनःनिर्माण र सहयोगका लागि प्रतिबद्ध रहेको उल्लेख गरेको छ।
Advertisement

No comments:

Post a Comment

Find us on Facebook

Exchange Rate