सवा तीन अरबको पहुँचमा इन्टरनेट

. . No comments:
Advertisement

सवा तीन अरबको पहुँचमा इन्टरनेट
न्युयोर्क– यो वर्षको अन्त्यसम्ममा विश्वका कुल जनसंख्याको आधी मानिस इन्टरनेटसम्म पहुँच पुग्ने भएको छ। संयुक्त राष्ट्रसंघ अन्तर्गतको अन्तर्राराष्ट्रिय टेलिकम्यूनिकेशन युनियन (आइटियु) को एक रिपोर्टका अनुसार अहिलेसम्म ३ दशमलव २ अरब भन्दा धेरै मानिसको अनलाइनसम्म पहुँच छ।
अहिले विश्वको कुल जनसंख्या ७ दशमलव २ अरब छ। यसमा विकासशील देशका करिब दुई करोड मानिस सहभागी छन्। उक्त रिपोर्टका अनुसार यो वर्षको अन्त्यसम्ममा विकसित देशमा ८० प्रतिशत घर तथा विकासशील देशमा ३४ प्रतिशत घरमा कुनै न कुनै प्रकारले इन्टरनेटको सुविधा पुग्ने उल्लेख छ।

आइटियुका विकास व्यूरोका निर्देशक ब्राहिमा सनोउका अनुसार विगत १५ वर्षमा इन्टरनेटले विश्वको विकासमा महत्वपुर्ण भूमिका निर्वाह गरेको छ। डिजिटल समुदाय बनाउन अग्रसर रहेको विश्व समुदायका लागि इन्टरनेटको भूमिका महत्वपूर्ण छ। सन् २००० मा इन्टरनेट प्रयोग गर्नेको संख्या जम्मा ४० करोड थियो। यसैबीच मोवाइलमा इन्टरनेट प्रयोग गर्नेको संख्या ७ अरब पुगेको छ। अमेरिका तथा युरोपमा एक सयमध्ये ७८ ले ब्रोडब्यान्ड इन्टरनेट प्रयोग गर्छन्।
Advertisement

No comments:

Post a Comment

Find us on Facebook

Exchange Rate