चरेससहित समातिएका युएनका कर्मचारीलाई छोडियो (अपडेट)

. . No comments:
Advertisement

चरेस बोकेको अभियोगमा हिरासतमा लिइएका संयुक्त राष्ट्रसंघका कर्मचारी हिरासत मुक्त भएका छन्। संयुक्त राष्ट्र संघले नेपाल प्रहरीलाई मुद्दा नचलाउन आग्रह गरेपछि उनलाई मंगलबार छोडिएको हो।
 
संयुक्त राष्ट्र संघको विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)का कर्मचारी अमिल इलमाही स्माइलीलाई जेठ १४ गते त्रिभुवन विमानस्थलमा रहेको लागूऔषध प्रहरी ब्युरोले ६.५ ग्राम चरेससहित नियन्त्रणमा लिएको थियो। सो दिन साँझ कतार एअरवेजमार्फत् दोहा जान लागेको स्माइलीलाई विमानस्थल प्रहरीले चेकजाँचका क्रममा उनको जिन्सको पाइन्टको खल्तिमा सो चरेस भेटाएको थियो। प्रहरीले उनलाई लागूऔषध ब्युरोमा पठाएको थियो। 
 
स्रोतका अनुसार उनले आफू कुटनीतिक पासपोर्ट बोक्ने भएकाले प्रहरीले कारबाही गर्न नमिल्ने भन्दै छोड्न आग्रह गरेका थिए। घाँटी र ढाडको समस्या भएकाले चरेस खाने गरेको उनले प्रहरीलाई भनेका थिए। ‘डाक्टरले खानु भनेकाले कहिलेकाँही खान्छु, नियतवस लिन लागेको होइन‘ स्माइलीले प्रहरीलाई बयान दिएका थिए।
 
प्रहरी तत्काल छोडन नमिल्ने बताउँदै उनलाई हिरासतमा लिएको थियो। हिरासतमा लिएपछि बिरामी परेका उनी अहिले नर्भिक अस्पतालमा उपचार गरिरहेका छन्। 
 
यसैबीच लागूऔषध नियन्त्रण ब्युरोले उनलाई ब्यक्तिगत प्रयोगको लागि चरेस बोकेको भन्दै सरकारी वकिलको कार्यालयमा मुद्दा दर्ता गरेको छ। महान्यायधिवक्ताको कार्यालयको सुझाव अनुसार  मंगलबार मुद्दा दर्ता गरिएको हो। 
 
नेपालस्थित विश्व खाद्य कार्यक्रमले उनलाई छुटाउनको लागि परराष्ट्र मन्त्रालयमार्फत पहल गरिरहेको छ। 
 
को हुन् स्माइली 
सुडानी बाबु र जर्मनी आमाका सन्तान इस्माइली १४ वर्षदेखि विश्व खाद्य कार्यक्रममा काम गरिरहेका छन्। सन् २०१० देखि २०१३ सम्म उनले नेपालमा काम गरेका थिए। सोही संस्थामा हाल उनी तान्जेनियामा लजेस्टिक अफिसर (पि ४) पदमा कार्यरत छन्। उनको पासपार्ट नं. ए ५६९६८५ हो।
 
वैशाख १२ को  भूकम्पपछि नब्बे दिनको पर्यटक भिसामा उनी नेपाल आएका थिए। करिब एक महिना नेपाल बसेर उनी तान्जानिया फर्कन लागेको बेला पक्राउ परेका हुन्। 
Advertisement

No comments:

Post a Comment

Find us on Facebook

Exchange Rate