एन्फा प्रमुख एएफसी र फिफा कंग्रेसमा गएनन्

. . No comments:
Advertisement


All_Nepal_Football_Association
काठमाडौं, जेष्ठ २० - अन्तर्राष्ट्रिय फुटबलमा सम्बन्ध विस्तारका लागि एएफसी र फिफा कंग्रेसलाई निकै महत्त्वपूर्ण मानिन्छ। यसपल्ट एसियाली फुटबल महासंघको निर्वाचनसहितको एएफसी कंग्रेस ३० अप्रिलमा बहराइनको मनामामा भयो। अन्तर्राष्ट्रिय फुटबल महासंघको फिफा कंग्रेस पनि २९ मेमा जुरिचमा सेप ब्लाटरलाई पाचौंपल्ट अध्यक्षमा निर्वाचित गर्दै सम्पन्न भयो। तर, हाल कार्यवाहक अध्यक्षको रूपमा अखिल नेपाल फुटबल संघ (एन्फा) को नेतृत्व गरिरहेका ललितकृष्ण श्रेष्ठ दुवै कंग्रेसमा सहभागी भएनन्।
२०५१ साल चैतमा एन्फा अध्यक्ष भएयता गणेश थापाले कुनै पनि एएफसी र फिफा कंग्रेस गुमाएका थिएनन्। उनी अहिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फुटबल गतिविधिमा सहभागी हुन नपाउने स्थितिमा छन्। एएफसीका पूर्वाध्यक्ष मोहम्मद बिन हमामबाट पैसा लिएकोलगायत आर्थिक गतिविधिमा उनीमाथि फिफाको इथिक्स कमिटीले छानबिन गरिरहेको छ र उनी १९ जुन, २०१५ सम्म फुटबल गतिविधिमा सहभागी हुन प्रतिबन्धित छन्। त्यसैले उनलाई एएफसी र फिफा कंग्रेसमा सहभागी हुने अवसर थिएन।
Advertisement

No comments:

Post a Comment

Find us on Facebook

Exchange Rate