पर्यटक बोलाउँदै पोखरेली

. . No comments:
Advertisement


pokhara
पोखरा, जेष्ठ २० - व्यवसायीले मुलुकको पर्यटनमा ठूलो हिस्सा भारतीय पर्यटकले ओगटेको भन्दै भारतीयलाई पोखरा घुम्न आउने गरी सघाउन भारतीय दूतावासका पदाधिकारीसमक्ष आग्रह गरेका छन्।
भूकम्पपछि खस्किएको पर्यटन क्षेत्रलाई उकास्ने उद्देश्यले गठित पोखरा पर्यटन पुनर्जागरण समिति (पीटीआरसी) का पदाधिकारीले मंगलबार दूतावासका कमर्सियल कन्सुलर आशिष सिन्हालाई भेटेर भारतीयलाई पोखरा आउने वातावरण बनाइदिन अनुरोध गरेका हुन्। अत्यधिक गर्मीका कारण यतिबेला भारतीय नेपाल घुम्न आउने सिजन भए पनि भूकम्पको त्रासले रोकिएको छ। त्यसैले आगमनमा सघाउन अनुरोध गरिएको पीटीआरसीका सहसंयोजक विश्वशंकर पालिखेले बताए।
उक्त अवसरमा सिन्हाले भारतीयलाई नेपाल भित्र्याउन सक्दो पहल गर्ने आश्वासन दिए। ‘भारतीयलाई नेपाल नआउन भनेका छैनौं। केवल सचेतना अपनाउन मात्र भनेका छौं,’ सिन्हाको भनाइ उद्धृत गर्दै पालिखेले भने, ‘ट्राभल एड्भाइजरीमा कतै पनि नेपाल नआउन भनी उल्लेख गरेका छैनौं।’ यतिबेला भारतीय पर्यटक गर्मी छल्न र मुक्तिनाथ दर्शनका लागि आउने उपयुक्त समय हो।
पीटीआरसीका सञ्चार संयोजक टीकाराम सापकोटाले भारतीय सञ्चारकर्मीलाइ पोखरा ल्याउने तयारी भइरहेको र भारतीय सञ्चारमाध्ययमलाई पनि नेपालबारे सकरात्मक सन्देश दिन दूतावासले भूमिका निभाउन आग्रह गरे।
नेपाल एसोसिएसन अफ टुर्स एन्ड ट्राभल एजेन्टस (नाट्ट) का अध्यक्ष पोमनारायण श्रेष्ठले नेपाल आउने तयारीमा रहेका भारतीय पर्यटक भूकम्पले आउन नसकेको बताए। उनका अनुसार पोखरा र आसपासका क्षेत्र सुरक्षित छन्। पीटीआरसी संयोजक गणेशबहादुर भट्टराईको नेतृत्वको टिम विभिन्न दूतावाससहित प्रधानमन्त्री, मन्त्रालय, राष्ट्र बैंकलगायत निकायमा पर्यटन प्रवद्र्धनको योजनाका लागि काठमाडौं पुगेर मंगलबार फर्किएको छ।
Advertisement

No comments:

Post a Comment

Find us on Facebook

Exchange Rate