आर्मीको सहज जित तिलोत्तमा गोल्डकप

. . No comments:
Advertisement


football
बुटवल, जेष्ठ २० - नेपाल आर्मी बुटवलमा जारी १८ औं तिलोत्तमा गोल्ड कप फुटबल प्रतियोगिताको खेलमा मंगलबार सजिलै विजयी भएको छ। उसले धरान एफसी सुनसरीलाई ४–० ले हरायो।
बुटवल १३ देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरमा भएको खेलको ५ औं मिनेटमा जितेन्द्र कार्कीले पेनाल्टीमा गोल गरेर आर्मीका लागि खाता खोलेका थिए। सुरुवातमै गोल गरेर हौसिएको आर्मीले पुरै खेलमा आफ्नो दबदबा कायम राख्यो। जसले गर्दा खेलअवधिभर धरान एफसीका खेलाडीले गोल गर्ने कुनै अवसरसम्म पनि पाएनन्।
आर्मीका लागि खेलको ३६ औं मिनेटमा नवयुग श्रेष्ठले फ्री–किकमा अर्को गोल गरे। खेलको ७० औं मिनेटमा नवयुगले नै दोस्रो गोल गरेर आर्मीलाई ३–० को स्थितिमा पुर्‍याए। खेलको ७८ औं मिनेटमा टंक बस्नेतले गोलकिपरलाई बिट गर्दै गोल गरेर आर्मीको जितलाई अझ फराकिलो बनाए। आर्मीका भरत खवासले भने गोल गर्न सकेनन्। उनी गोल गर्न पाएका अवसरबाट पनि चुके। रक्षात्मक रूपमा खेलेको धरान एफसीका तर्फबाट गोलकिपर पूर्ण च्याम्जोङ खेलको अधिकांश समय भरतमाथि केन्द्रित थिए। उनले नै भरतका तीनवटै गोलका अवसरलाई असफल पारिदिएका थिए। विजेता टिमका नवयुग श्रेष्ठ म्यान अफ दी म्याच घोषित भए।
आर्मीका प्रशिक्षक मेघराज श्रेष्ठले टिमबीच सामन्जस्य र अभ्यास बढी भएकाले सहज जित हात पारेको बताए। दर्शकहरूको हौसला र परिचित मैदानले पनि आर्मीको जितलाई सहज बनाएको थियो। उता हार बेहोरेको धरान एफसीका प्रशिक्षक सुवास श्रेष्ठले भने टिमबीचको तालमेलमा कमी र गर्मी हारको कारण भएको बताए।
Advertisement

No comments:

Post a Comment

Find us on Facebook

Exchange Rate