फेरि एकचोटि धरहरा चढ्नुछ

. . No comments:
Advertisement


हिजो अस्ती र पोहोर झैँ 
भोलि बिहान पनि
पूर्वमा लाली पोतेर
प्रभातको सुनौलो विहानी बोकेर
हाम्रो धर्तिमा फेरि उदाउनेछ सूर्य
निरन्तर निरन्तर।

धरहरा ढले पनि
धरोहर उस्तै छ
मूर्ति ढलेर के भो?
देव आस्था अटल छ
हल्लियो त फगत मान्छे
तर मानवता धीर छ
जिजिविषा अझै ब्याप्त छ।

अब साकार पार्नुछ त
भग्नावशेषमा पुरिएका
तरुण सपनाहरु
निस्सासिनु अगावै
ब्यूँताउनुछ र लाग्नुछ
निर्विघ्न गन्तब्यतिर

फेरि अर्को प्रलय अगावै
ठड्याउनुछ हामीले नै
फेरि कहिल्यै नढल्ने धरहराहरु
मानवताका दरबारहरु
बन्धुत्वका पर्खालहरु
र टाल्नुछ
चर्किएका फराकिला छातीहरु

अत: फेरि एकपल्ट
यो माटो मुछिन चाहन्छ
मुछिन चाहन्छ यो माटो
भग्नावशेषमा बगेका रगतहरुले
रतगमाथि बगाइएका आँशुहरुले
आँशुसँगै बगेका पौरखी पसिनाहरुले
मेरो माटो मुछिन चाहन्छ।

मुछेर भग्नावशेषका माछाहरु
जोडेर टुक्रा टुक्रा
गाँसेर मजबुत सम्बन्धहरु
ठड्याएर पर्खालहरु
बसाउनुछ उज्याला बस्तीहरु
बसाउनुछ सहरहरु
र ब्यूँताउनुछ रहरहरु।

र फेरि,
प्रभातमा लाली पोतिनु अगावै
सूर्य उदाउनु अगावै
भाले बास्नु अगावै
मिलेर हामी सबै
चढ्नुछ धरहरा
र खुसीले हेर्नुछ
उदाउँदो उज्वल बिहानी
Advertisement

No comments:

Post a Comment

Find us on Facebook

Exchange Rate