पहाडको पीडामा मधेसको साथ

. . No comments:
Advertisement


bishwo-prakash-and-team-in-kavre
काभ्रे, जेष्ठ २० - पहाडी जिल्लाका हरेक बस्ती भूकम्पले तहसनहस भएको देखेपछि उनीहरू चुप लागेर बस्न सकेनन्। न भूगोलले रोक्यो, न त जात, धर्मले। उनीहरूले सुरु गरे मेची अभियान। यसमा सबै दलमा आबद्ध युवा थिए, विभिन्न थर, जात र धर्मका मानिस।
उनीहरूले मेची नदी किनारका झापा, महोत्तरी, सुनसरी, धुनषालगायतका सहयोगी मनको जमघट गरे अनि केही ट्रक सामान जम्मा गरेर पहाडतिर हिँडे । ‘भूकम्पले न कुनै दल भन्यो, न त जात र धर्म,’ अभियन्तामध्येका कांग्रेस नेता विश्वप्रकाश शर्माले भने, ‘हामीले पनि सबै विचार, आस्था, जात र धर्मका मानिस समेट्यौ र राहत, पुन:स्थापनामा जुट्यौं।’ टोलीमा गुल्मीका मगर, मधेसका ब्राम्हण, दलित, थारुलगायत छन्।
प्रधानमन्त्री राहत कोषमा ७ लाख जम्मा गरेर सुरु उनीहरूको अभियानका दौरानमा विभिन्न काम भइसकेका छन्। अति प्रभावित सिन्धुपाल्चोक, काभ्रे, गोरखा, दोलखामा त्रिपाल, म्याट, खाद्यान्नसहित १/१ ट्रक सामान उनीहरूले पठाइसके।
पछिल्लो समय उनीहरू पीडितका घरटहरा बनाइरहेका छन्। टहरा बनाएर जनताको ‘नजिक हुने’ दलीय प्रतिस्पर्धा चलिरहेका बेला उनीहरू भने एउटै अभियानमा छन्। ‘राष्ट्रिय सहमतिको सरकारको कुरा हुने अनि सहयोग गर्ने कुरामा भने होडबाजी र प्रतिस्पर्धा ठीक हुने कुरा भएन,’ शर्मा भन्छन्, ‘सहयोग गर्दा पनि दलका बीचको सहकार्य देखिनुपर्छ।’
शिखर आम्बोटेको सियाले, गढीडाँडा, फलाँगेमा ३५ घरटहरा निर्माण गर्ने बेलामा पनि उनीहरूको यो सहकार्य र एकता प्रतिबिम्बित भयो। वीरगन्जका शम्भु चौहान, सुनसरीका सचित शर्मा झा, धनुषाका लीलाकान्त दास टोलीमा छन्। ‘पहाडमा विपत् पर्दा चुप लागेर बस्नै सकिनँ,’ दासले भने, ‘राहत पठाएर पनि चित्त नबुझेपछि पहाड खन्न काँधमा गम्छा हालेर आइपुगें।’ स्थानीय शिवकुमार श्रेष्ठले उनीहरूलाई धन्यवाद दिए। ‘हाम्रो नाममा सबैले हामीलाई टुक्रयाउन खोजे,’ उनले भने, ‘एक नेपालीलाई पीडा पर्दा दुख्ने त अर्को नेपालीलाई नै हो नि।’
मेची अभियानले साथमा ल्याएको ब्यानरमा लेखिएको छ, ‘जब पहाडलाई दुख्छ तब मल्हम बन्छ मधेस।’
Advertisement

No comments:

Post a Comment

Find us on Facebook

Exchange Rate