कक्षा १२ को परीक्षा भोलिदेखि

. . No comments:
Advertisement


भूकम्पका कारण पछि सरेको कक्षा १२ को परीक्षा भोलि बुधबारदेखि सुरु हुँदैछ।
उच्च माध्यामिक शिक्षा परिषद्ले भूकम्पबाट अति प्रभावित बाहेक ६८ जिल्लामा परीक्षा सञ्चालनको तयारी गरेको छ। परीक्षामा करिब साढे तीन लाख विद्यार्थी सहभागी हुँदैछन्। यसअघि सो परीक्षा गत वैशाख २० गतेदेखि तोकिएको थियो।
परिषद्ले आज भक्तपुरमा पत्रकार सम्मेलन गरी परीक्षाका लागि ८४६ परीक्षा केन्द्र र केन्द्राध्यक्ष, एक हजार ६९ सहायक केन्द्राध्यक्ष, ९१३ जना पर्यवेक्षक, नौ हजार ७६१ निरीक्षक, ८४६ कर्मचारी, एक हजार ६९२ कार्यालय सहयोगी र १० हजार ९९८ जना सुरक्षाकर्मी खटिने जानकारी दिएको छ । परीक्षा जेठ ३१ गतेसम्म सञ्चालन हुनेछ ।
परिषद्का परीक्षा नियन्त्रक सन्तोषकुमार अर्यालले परीक्षाको सम्पूर्ण तयारी पूरा भएको बताउँदै परीक्षामा अपाङ्ता भएका परीक्षार्थीलाई कक्षा १० सम्म अध्ययन गरेका व्यक्तिबाट परीक्षा दिन सक्ने व्यवस्था गरिएको जानकारी दिए।
भूकम्प अतिप्रभावित सात जिल्ला गोरखा, धादिङ, नुवाकोट, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा र रामेछाप जिल्लामा भने पछि परीक्षा मिति तोकिने जनाइएको छ।
स्वास्थ्य सेवा पनि
परीक्षार्थीको स्वास्थ्यमा कुनै समस्या भएमा भक्तपुर, काठमाडौं र ललितपुरका लागि चिकित्सकसहितको एम्बुलेन्स सेवा परिचालन गरिने परिषद्का उपाध्यक्ष चैतन्य शर्माले बताए।
परीक्षा केन्द्र भवनको भुँइतला र पहिलो तलामा मात्रै परीक्षा सञ्चालन हुनेछन्। कक्षा ११ को परीक्षा आगामी असार १ गतेदेखि १२ गतेसम्म हुँदैछ। रासस
Advertisement

No comments:

Post a Comment

Find us on Facebook

Exchange Rate