पर्यटनमन्त्रीलाई जिल्ला प्रवेशमा रोक

. . No comments:
Advertisement


kripasur-sherpa
भोजपुर, जेष्ठ २० - अवैध सम्बन्धबाट जन्मिएका छोरालाई नागरिकता प्रदान नगरेसम्म पर्यटनमन्त्री कृपासुर शेर्पालाई भोजपुरस्थित महिलाहरुले जिल्ला प्रवेशमा रोक लगाउने चेतावनी दिएका छन् ।
भोजपुर क्षेत्र नं १ बाट संविधानसभा सदस्य निर्वाचित शेर्पा पर्यटन मन्त्री बनेपछि श्रीमति र छोराको बारेमा सञ्चारमाध्यममा चर्चा भएपछि महिलाहरुले चासो बढाएका हुन् । भोजपुरस्थित अन्तर्पार्टी महिला सञ्जालमा आवद्ध महिलाहरुले प्रेस विज्ञप्ती जारी गर्दै मन्त्री शेर्पाले महिला मुक्तिको आन्दोलनको मानमर्दन गर्दै श्रीमती र छोरामाथि अन्याय गरेको जनाएका छन् । मन्त्री शेर्पाले श्रीमती र छोरालाई स्वीकार गरेर महिलाहरुकै रोहबरमा जिल्ला प्रशासन कार्यालयबाट तत्काल नागरिकता प्रदान गर्न माग गरेका छन् ।
मन्त्री शेर्पा निजामति कर्मचारी हुँदा ताप्लेजुङमा बस्दा स्थानीय दलित महिलासितको अवैध सम्बन्धबाट जन्मिएको छोरा गणेश शेर्पा र आमा धनमाया दर्नाललाई स्वीकारेको समाचार सार्वजानिक भएपनि तत्काल नागरिकता प्रदान गरी कार्यन्वयन गर्न अन्तरपार्टी महिला सञ्जालले माग गरेको छ । अन्तर पार्टी महिला सञ्जालमा रहेका नेपाल महिला संघकी सभापति शिशिरा राई, अखिल नेपाल महिला संघ (क्रान्तिकारी)की लक्ष्मी खडका, सङ्घीय समाजवादी महिला संघकी मातृका राई, राप्रपाकी देवी सुन्दास, खम्बुवा महिला संघकी लक्ष्मी घिमिरे, मालेकी रमा कार्की, अनेमसंघ क्रान्तिकारी (वैद्य) की शर्मिला खतिवडाले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै जिम्मेवार पदमा पुगेका कृपासुर शेर्पाले उत्पीडित महिलामाथि अमानवीय व्यवहार गरेकोमा कारबाही गर्नुपर्ने माग गरेका छन् ।
मन्त्री शेर्पाले गल्ती स्वीकारेपछि तत्काल नागरिकता प्रदान नगरे जिल्ला प्रवेशमा रोक लगाउने लगायत अन्य आन्दोलनका कार्यक्रम सार्वजानिक गर्ने नेपाल महिला संघकी शिशिरा राईले बताइन् ।
Advertisement

No comments:

Post a Comment

Find us on Facebook

Exchange Rate