चितवनमा २७ जनालाई स्वाइन फ्लु, अधिकांश संक्रमित महिला

. . No comments:
Advertisement

चितवन— चितवनमा पछिल्लो समय स्वाइन फ्लु संक्रमित ह्वात्तै बढेका छन्। दुई दिनअघि दशजनामा सीमित स्वाइन फ्लु बिहीबार बढेर २७ जनामा पुगेको छ। संकास्पद बिरामीको रिपोर्ट आएसँगै २७ जनामा स्वाइनफ्लु भएको पुष्टि जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले गरेको छ।

हालसम्म काठमाण्डौमा पिसिआर (स्वाईनफ्लु पत्ता लगाउने ) परिक्षण गराइएका १ सय ६२ जनामा २७ बिरामीमा स्वाईन फ्लु अर्थात ईन्फ्लुएन्जा एचवान एनवानको संक्रमण भएको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका भेक्टर कन्ट्रोल निरिक्षक राम केसीले नागरिकन्युजलाई बताए।

गत सोमबारको रिपोर्टसम्म जम्मा दशजनामा मात्र भेटिएको स्वाईनफ्लु संक्रमण तीन दिनबीचमा थप १७ जना बढेर कुल २७ जनामा फैलिएको केसीले जनाए। उनका अनुसार स्वाईनफ्लु संक्रमित हुनेहरु अधिकांस महिला रहेका छन्।

जिल्लामा एकमात्र स्वाईनफ्लुको प्रारम्भिक परिक्षण हुने भरतपुर अस्पतालमा पनि स्वाइन फ्लु जँचाउने बिरामीको चाप बढ्दो रहेका चिकित्सक डा.भोजराज अधिकारीले बताए। उनले अब स्थिति नियन्त्रण गर्न थप सतर्कता आवश्यक रहेको जानकारी दिए। भरतपुर अस्पतालमा आइसोलेसन वार्ड समेत व्यवस्था गरेर विरामीको उपचार भैरहेको छ।

जनस्वास्थ्य कार्यालय चितवनले भिडभाडमा नहिँड्न, मानिसँग हात नमिलाउन, संक्रमित भएको आशंका भए छुट्टै बस्न र बाहिर हिँड्दा मास्क लगाएर हिंड्न सर्वसाधारणलाई अपिल गरेको छ। महिला, वृद्धवृद्धा र बालबालिकामा स्वाइनफ्लुको जोखिम बढी रहने भएकाले सतर्क रहन पनि अपिल गरिएको छ।

रुघाखोकी लाग्ने, ज्यान दुख्ने , थकाई लाग्ने लगायतका लक्ष्यण भए तुरुन्त अस्पताल गएर परिक्षण गर्न कार्यालयले सबैमा आग्रह गरेको छ।
Advertisement

No comments:

Post a Comment

Find us on Facebook

Exchange Rate