कोरियाली सांसदले दिए १ करोड २२ लाख

. . No comments:
Advertisement


Korea
सोल, जेष्ठ १५ - नेपालमा भूकम्पका कारण क्षतिग्रस्त भौतिक संरचनाहरूको पुनर्निर्माण र घरबारविहीनको पुनर्वासका लागि दक्षिण कोरियाली सांसदहरूले १ करोड ३२ लाख रुपैयाँ सहयोग प्रदान गरेका छन्।
उक्त रकम कोरियाली संसद्का सभामुख चुङ उइ ह्वाले बिहीबार एक कार्यक्रम गरी कोरियाका लागि नेपाली राजदूत कमानसिंह लामामार्फत कोरिया रेडक्रस सोसाइटीका अध्यक्षलाई हस्तान्तण गरेका थिए। एक सदनात्मक रहेको कोरियाली संसद्मा ३ सय सदस्य रहेका छन्।
सो अवसरमा सत्तारूढ सेन्युरी पार्टीका संसदीय दलका नेता यो सेङ मीन, विपक्षी दल एनपीएडीका नेता जोङ कुल, संसद्का महासचिव पार्क ह्योङ जुन र नेपाली दूतावासका उपनियोग प्रमुख राजाराम बर्तौला उपस्थित थिए।
Advertisement

No comments:

Post a Comment

Find us on Facebook

Exchange Rate