नेपाली विद्यार्थीका हत्यारालाई सजाय

. . No comments:
Advertisement


samanta-shrestha
न्युयोर्क, जेष्ठ २० - नेपाली मूलकी विद्यार्थी समानता श्रेष्ठको हत्याका अभियुक्तलाई अमेरिकी अदालतले ८५ वर्ष जेल सजाय तोकेको छ। भर्जिनिया ब्ल्याक्स वर्गस्थित मोन्टेगेमेरी सर्किट कोर्टले अभियुक्त जेसिका मिचेल इविङलाई उक्त सजाय तोकेको हो।
अभियुक्तलाई हत्या अभियोगमा ८० वर्ष एवं प्रमाण लुकाएको अभियोगमा थप ५ वर्ष जेल सजाय सुनाइएको हो। यद्यपि उनले ४५ वर्ष सजाय पूरा गरे उन्मुक्ति पाउने फैसलामा उल्लेख छ।

अदालतमा सोमबार आठ घण्टा लामो बहसपछि उक्त फैसला भएको स्थानीय खेम भट्टचनले कान्तिपुरलाई बताए। भर्जिनिया टेकमा जीवशास्त्र विषय अध्ययनरत २१ वर्षीया समानताको गत वर्ष फेब्रुअरीमा हत्या भएको थियो।
Advertisement

No comments:

Post a Comment

Find us on Facebook

Exchange Rate